Notifications

Request!

2020-09-20

आदरणीय अभिभावकज्यू, नमस्कार ! हालै जारी वैकल्पिक शिक्षा नियमावलीले भर्चुअल कक्षालाई मान्यता दिएको र यसै माध्यमबाट पठनपाठन गर्दै चैत्रमा परीक्षा लिने र यो शैक्षिक सत्र समाप्त गर्ने निर्णय गरेको यहाँहरूलाई अवगत नै छ। हाम्रो विद्यालयले पनि गत २०७७ वैशाख ८ गतेबाट नै यो शैक्षिक सत्र सुरु गरेको र समयअनुरूप यसलाई अझ व्यवस्थित र प्रभावकारी पार्दै सकेसम्म बढी पाठ्यक्रमलाई समेट्दै अगाडि बढिरहेको पनि यहाँहरूलाई जानकारी नै छ। यो फरक एवम् विषम परिस्थितिमा यहाँहरूले दिनुभएको साथ, सहयोग, समर्थन र सल्लाह-सुझावप्रति विद्यालय-परिवार आभार व्यक्त गर्दछ र आगामी दिनमा पनि यस्तै साथ/सहयोगको विद्यालय अपेक्षा गर्दछ । यस विषम परिस्थितिमा यहाँहरूको सुस्वास्थ्यको कामनासहित काञ्जीरोवा नेसनल स्कुलका सम्पूर्ण विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षा शीघ्र नै सञ्चालन गरिने र उक्त परीक्षाको समयतालिका पनि छिट्टै नै प्रेषित गरिने व्यहोरा जानकारी गराउन चाहन्छौँ। आफ्ना नानीबाबुहरूलाई यस वर्षका लागि विद्यालयमा दर्ता गराई हामीलाई सहयोग गर्नुभएका सम्पूर्ण अभिभावकलाई हार्दिक धन्यवाद दिँदै परीक्षामा सम्मिलित हुन विद्यालयमा दर्ता हुनैपर्ने र हालसम्मको मासिक सहयोग शुल्क भुक्तानी गर्न अनिवार्य भएकाले दर्ता शुल्क र मासिक शुल्क यथाशक्य छिटो भुक्तानी गरिदिनुहुन पनि अनुरोध गर्दछौँ। यी शुल्कहरू विद्यालय सञ्चालनमा सहजता ल्याउन र हाल सञ्चालन भइरहेको अनलाइन कक्षालाई निरन्तरता प्रदान गर्न अत्यावश्यक छन् । धन्यवाद !! प्रधानाध्यापक काञ्जीरोवा नेसनल स्कुल

Admin & Accounts Open

2020-09-10

Greetings! School Administration and Accounts will be open from 25th Bhadra. Time: 10:00 am to 3:00 pm. Thank you!

Online Payment Details

2020-08-17

Dear parents/Guardians Greetings! For your convenience you may choose any of the following options for the payment at school as requested. 1. For Esewa Transfer: Search name of the School at the top of the home page (School name is not listed in School Fee Payment Section). Please fill all the details. 2. For Bank Transfer: a. Machhapuchchhre Bank: A/c holder name: Shrijanshil Pratibha Shiksha Pvt A/c No: 5401524469576012 Branch- Baneshwor b. Everest Bank: A/c Holder Name: Shrijanshil Pratibha Siksha Pvt. Ltd. A/c no: 00100105200336 Branch- Baneshwor Note: Account Section at School is open everyday from 10:30 am to 2:30 pm

सहयोगको लागि बिशेष अनुरोध

2020-08-17

आदरणीय अभिभावकज्यू ! कोरोना सङ्क्रमणले निम्याएको विषम परिस्थितिमा पछि समायोजन हुने गरी निर्धारण गरिएको विद्यार्थी दर्ता शुल्क तथा वैशाखदेखि श्रावणसम्मको मासिक शुल्क(हालसम्म भुक्तानी नगरेको भएमा) आगामी भाद्र ८ गतेदेखि सञ्चालन हुने प्रथम त्रैमासिक परीक्षाअगावै विद्यालयको लेखाशाखामा भुक्तानी गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ । यदि कोरोना विषाणुको विश्वव्यापी सङ्क्रमणले निम्त्याएको असहज परिस्थिति दसैँ–तिहारपछि पनि यथावत् रहेमा विद्यालयले विद्यार्थीहरूको अनलाइन कक्षाको छुट्टै शुल्क निर्धारण गर्ने व्यहोरा अवगत गराउँदछौँ । यहाँहरूको सुविधाका लागि शनिवारबाहेक प्रत्येक दिन बिहान १०:३० देखि दिउँसो २:३० बजेसम्म विद्यालयको लेखाशाखा खुला रहनेछ । (द्रष्टव्य : परीक्षामा सहभागी हुन विद्यार्थी अनिवार्य रूपमा विद्यालयमा दर्ता भएको हुनुपर्नेछ।) धन्यवाद !!